धर्मेन्द्रलाई अमेरिकामा ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’

बरिष्ठ अभिनेता धर्मेन्द्रलाई अमेरिकाको न्युजर्सीमा लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन्। 

न्युजर्सी राज्यको जनरल एसेम्बली र सिनेटले साझा प्रस्ताव पास गरेर ८५ वर्षका धर्मेन्द्रलाई अवार्ड प्रदान गरेका हुन्। 

धर्मेन्द्रले ६ दशक लामो फिल्मी करिअरमा ३ सयबढी फिल्म खेलेका छन्। अवार्ड कार्यक्रम अमेरिकी पब्लिकेशन कम्पनी बलिउड इनसाइडरले अनलाइनबाट प्रसारण गरेको थियो। 

आयोजकका अनुसार अमेरिकी राज्यमा कुनै भारतीय अभिनेतालाई पहिलो पल्ट सम्मान गरिएको हो। 

धर्मेन्द्रले अवार्ड प्राप्त गरेपछि बलिउड इनसाइडरलाई धन्यबाद दिए। ‘यो सम्मान पाएर म दंग छु र गर्वान्वित महसुस गरिरहेको छु,’ धर्मेन्द्रले भने। 

दिग्गज अभिनेतालाई सम्मान दिनेकुरा सदनको सबै १ सय २० सदस्यबाट निर्विरोध पारित गरिएको थियो। 

धर्मेन्द्रले १९६० मा रिलिज फिल्म ‘दिल भी तेरा हम भी तेरे’ मार्फत डेब्यु गरेका थिए। उनी पद्म भूषणबाट समेत सम्मानित भइसकेका छन्।

प्रकाशित मिति: : 2020-12-23 15:49:00

प्रतिकृया दिनुहोस्