सेनाकाे भैरवनाथ गणमा १७ वर्षअघि हराएकाे छाेरा खाेजिरहेका बुढा बा

शिलापत्र

काठमाडौँ

सागर चन्द

१७ वर्ष भयो, कृष्णप्रसाद ढकाल छोराको खोजीमा सिंहदरबार धाउन थालेको । तर, अब उनलाई सिहंदरबारका मन्त्री र मन्त्रालयमा विश्वास छैन । त्यसैले उनी अचेल सिंहदरबार परिसरमा भेटिने मान्छेलाई छोरा नभेटिएको व्यथा सुनाउँछन् । छोरा हराएको कथा सुनाउँछन् । एकछिन भए पनि मन हलुको बनाउने प्रयास गर्छन् ।

उनीसँग अब छोराको स्मृति मात्र छ, सिहंदरबारका कोठा, चोटा र मन्त्रीका क्याबिन धाउँदा-धाउँदै स्मृति पनि धुमिल भइसक्यो । बुढ्यौलीले सम्झनाका रेखा मेट्न थालिसक्यो ।

२०६० साल देशमा तत्कालिन माओवादी र सरकारबिच सशस्त्र संघर्ष चर्किएको समय थियो । काभ्रेपलाञ्चोकको तत्कालिन पाँचपोखरी गाउँविकास समिति (हालको चौंरीदेउराली गाउँपालिका) मा पनि सशस्त्र संघर्षका बाछिटा पुग्थे । लक्का जवानहरु सत्ता पक्ष र विद्रोही दुवै पक्षबाट असुरक्षित महसुस गर्थे । गाउँमा भन्दा राजधानीमा छोरा सुरक्षित हुन्छ ठाने कृष्णप्रसादले । गाउँबाटै एसएलसी पास गरेपछि छोरा चन्द्रकुमार ढकाललाई पढ्न काठमाडौं पठाए ।

‘गाउँमा त्यतिखेर सरकार माओवादी दुवैको डर थियो,’ सिहंदरबार गृह मन्त्रालयको गेट अगाडि उभिएका कृष्णप्रसाद सुनाउँछन्, ‘यता (काठमाडौं) भयो भने पढ्छ, सुरक्षित पनि हुन्छ भनेर पठाएको,’ बोल्दा बोल्दै रोकिन्छन कृष्णप्रसाद ।

प्रकाशित मिति: : 2020-12-26 12:37:00

प्रतिकृया दिनुहोस्