१०४ दिनपछि कंगना मुम्बईमा

महाराष्ट्र सरकारसँग शीतयुद्धमा उत्रिएकी अभिनेत्री कंगना रनोट १ सय ४ दिनपछि मुम्बई फर्किएकी छिन्। उनी लामो समयदेखि मनालीस्थित आफ्नो घरमा थिइन। सोमबार उनी बहिनी रंगोली र भतिजा पृथ्वीराजसँग मुम्बई विमानस्थलमा देखा परेका थिइन।

कडा सुरक्षा व्यवस्थाका बीच मुम्बई फर्किएकी कंगनाको भिडियो पनि भाइरल भएको थियो। यसअघि सत्तारुढ शिव सेना पार्टीसँगको विवादमा उनी ९ सेप्टेम्बरमा मुम्बई आएकी थिइन। पाँच दिन मुम्बईमा कानुनी लडाई लडेपछि उनी १४ सेप्टेम्बरमा पुनः मनाली फर्किएकी थिइन। 

मुम्बई महानगरपालिकाले उनको घरमा तोडफोड पनि गरेको थियो। उनले यसका लागि अदालतमा क्षतिपूर्तिको मुद्धा दायर पनि गरेकी छिन्। 
शिव सेनाको सरकारविरूद्ध आक्रामक रूपमा प्रस्तुत भएकी कंगनाले मुम्बईको तुलना पाकिस्तानले कब्जा गरेको काश्मिर (पिओके) सँग गरेकी थिइन। यसपछि मुम्बई सरकार र उनीबीच शीतयुद्ध सुरु भएको थियो। 
कंगना बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधनदेखि नै बलिउडका स्टार कलाकार र महाराष्ट्र सरकारविरूद्ध आक्रामक बन्दै आइरहेकी छिन्।

उनी हाल दक्षिण भारतकी चर्चित राजनीतिज्ञ जयललिताको बायोपिक ‘थलाइवी’ को सुटिङमा व्यस्त छिन्। यो फिल्म हिन्दी, तमिल र तेलुगु भाषामा रिलिज हुदैछ। 

कंगनाको अघिल्लो फिल्म ‘धाकड’ को सुटिङ २०२१ को जनवरीदेखि गर्दैछिन्।

प्रकाशित मिति: : 2020-12-29 11:10:00

प्रतिकृया दिनुहोस्