‘मैले पैसा उधारो नलिएको कुनै साथीहरु छैनन्’

बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकीले आफ्नो सफलतामा आफूले गरेको संघर्षको दिनको ठूलो महत्व भएको बताएका छन्। 

सन् २०१२ मा प्रदर्शित अनुराग कश्यपद्वारा निर्देशित सिनेमा ग्याङ्ग्स अफ बासेपुरबाट लोकप्रिय भएका सिद्दीकी बलिउड सिनेमाका उत्कृष्ट अभिनेता मध्य एक हुन्।  

सन् १९९९ मा प्रदर्शित आमिर खानको सिनेमा सरफरोसमा एउटा सानो भूमिका गरेका सिद्दीकीलाई उचित मौका पाउन करिब १२ वर्ष कुर्नु पर्यो। 

संघर्षको दिन सम्झिदै उनी भन्छन्,‘मैले पैसा उधारो नलिएको कुनै साथीहरु छैन्न।’ 

१९ मे १९७४ को दिन बुधना (बिहार) भारतमा जन्मेका सिद्दीकी द्वारा अभिनित अन्य सिनेमाहरु पान सिङ्ग तोमर, बजरंगी भाइजान, मोतिचुर चकनाचुर, बदलापुर, रामन राघब, द लन्च बक्स आदी हुन्।

प्रकाशित मिति: : 2021-01-05 17:41:00

प्रतिकृया दिनुहोस्