जुम्लामा ओलीकाे कदमलाई स्वागत  (भिडियाेसहित)

राष्ट्रिय स्वाधीनता, स्थाई सरकार, अग्रगमनका लागि राजनेता ओली भन्दै जुम्लामा नेकपाकाे सत्ता पक्षले शक्ति प्रदर्शन गरेकाे छ। 

केही समय अघि जुम्लामा नेकपा (प्रचण्ड)ले जुलुस निकालेर शक्ति प्रदर्शन गरेपछि नेकपा (ओली)ले पनि काउन्टर दिएकाे हाे।

जुम्ला स्थित चन्दननाथ बसपार्कबाट सुरु भएकाे र्‍याली जुम्ला बजार परिक्रमा गरि कृष्ण मन्दिरमा पुगेर सभामा परिणत भएकाे थियाे।

सभालाई सम्बाेधन गर्दै नेकपा ओली पक्षका केन्द्रीय सदस्य बलबहादुर महतले देशमा स्थाई सरकार र अग्रगमन नचाहनेले वर्तमान परिस्थितिकाे निर्माण गरेकाे बताए। 

'आफ्नै नेतृत्वकाे सरकारलाई अप्ठ्यारोमा पार्नेहरु न सहयात्री हुन सक्छन्, नत पार्टीका असल हिमायति। विदेशी शक्तिका अगाडि घुँडा टेकेर देश विकासलाई अवरोध गर्नेहरु दलाल शिवाय अरु काेही हुन सक्दैनन्,' उनले भने, 'प्रचण्ड र नेपालले इतिहासमा जनतालाई धाेकाे दिने बाहेक केही काम गर्ने छैनन्।'

अर्का केन्द्रीय सदस्य धिरेन्द्र गिरीले जनमतकाे कदर गर्न नसक्ने र नेतृत्वलाई काम गर्ने वातावरण नबनाउनेहरु नै वास्तवमा जनताका दुस्मन भएकाे बताए। 

'इतिहासमा कम्युनिस्ट पार्टीले दुई तिहाई बहुमत पाउँदा पनि आफ्नै खुट्टा तान्ने र बहुरुपी चरित्र देखाउने नेताहरु नै जनताका दुस्मन हुन,' उनले भने, 'हिक्मत हुनेले जनतामाझ जान सक्नुपर्छ। ताजा जनादेशकाे तयारी गर्ने ओलीलाई निरङ्कुस देख्नु दृष्टिदाेस हाे।'

कार्यक्रममा बाेल्ने पार्टी केन्द्रीय सदस्यहरु शान्तिलाल महत र रतननाथ याेगी, प्रदेश कमिटी सदस्य मेनका पछाईं, विद्यार्थी नेताहरु धर्मेन्द्र राेकाया, धिरज जैशी लगायत सबैले ओलीले संसद विघटन गरि निर्वाचनमा जाने निर्णय लिनु स्वागतयाेग्य र परिस्थिति अनुकुल भएको बताएका थिए।

प्रकाशित मिति: : 2021-01-05 21:29:00

प्रतिकृया दिनुहोस्