काेराेना अपडेट

२४ घण्टामा थप २४६ जनामा कोरोना संक्रमण पुष्टि

File Photo
File Photo

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन। बिहीबार भने ६ जनाको मृत्यु भएको थियो।

पछिल्लो २४ घण्टामा थप २४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

६ हजार ४ सय जनाको पीसीआर परीक्षण गर्दा २२३ जना र १ हजार ४ सय ३६ जनाको एन्टिजेन परीक्षण गर्दा २३ जना गरी २४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

कोरोना संक्रमणमुक्त हुनेको संख्या भने ३४७ रहेको छ। हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमति संख्या ६९२१ रहेको छ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १७ हजार ७४१ पुगेको छ। योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५३५ पुगेको छ भने ८ लाख ३ हजार ७१६ जना संक्रमणमुक्त भएका छन्।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९२१ जना रहेका छन्। जसमध्ये ६ हजार ५७९ जना होम आइसोलेसनमा रहेका छन् भने ३४२ जना संस्थागत आइसोलेसनमा रहेका छन्। कोरोनाका बिरामीमध्ये १०७ जना आईसीयू र ३४ जना भेन्टिलेटरमा उपचाररत् छन्।

यस्तै १० वर्ष मुनिका ५ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २४ जना कोरोना संक्रमित थपिएका छन्।

प्रकाशित मिति: : 2021-12-03 16:35:00

प्रतिकृया दिनुहोस्