लागूऔषध मुद्धामा फरार अभियुक्त पक्राउ

Breaknlinks
Breaknlinks

लागूऔषध मुद्धामा फरार व्यक्ति पक्राउ परेका छन् । अदालतबाट कैद र जरिवाना भइ फरार अभियुक्तलाई प्रहरीले पक्राउ  गरेको हो । 

प्रहरीले जिल्ला बाँके  तत्कालीन मनिकापुर गाविस ८ हाल नेपालगञ्ज २० मदनापुर बस्ने वर्ष २७ दिलबहादुर घर्ती मगरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

लागुऔषध मुद्धामा उनलाई २०७४/०१/३१ गते जिल्ला अदालत बाँकेबाट २ महिना १० दिन कैद सजाय तोकिएको थियो ।  तर उनी विगत तीन वर्षददेखि फरार थिए ।  

बाँके प्रहरी प्रमुख ओमबहादुर रानाका अनुसार उनलाई बिहीबार प्रहरीको विशेष व्युरोले उनलाई पक्राउ गरेको हो ।  

उनलाई  थप अनुसन्धानका लागि जिल्ला अदालत बाँकेमा बुझाइएको उनले जानकारी दिए । बाँके प्रहरीले हालसम्म ४८२ जना फरार प्रतिवादी पक्राउ परेको छ ।

प्रकाशित मिति: : 2021-01-07 20:27:00

प्रतिकृया दिनुहोस्