अभिनेता सोनू सूदविरुद्ध उजुरी

बृहनमुम्बई महानगर (बीएमसी)ले अभिनेता सोनू सूदविरुद्ध उजुरी हालेको छ। 

बीएमसीले उनीविरुद्ध जुहुस्थित एक आवसीय भवनलाई होटलमा परिणत गरेको आरोपमा उजुरी हालेको हुन्। 

उनले शक्ति सागर भवनको पुनर्निमाण गर्नुलाई गैर कानूनी भनिएको छ। 

तर, सोनू सूदले बीएमसीको उजुरीलाई चुनौती दिँदै बम्बई उच्च अदालतमा अपिल गरेका छन्। घटनामाथि सोमवार सुनुवाई हुनेछ।

सोनू दबङ्ग, जोदा अक्बर, सिम्बालगायत फिल्ममा निभाएको चरित्रका कारण पनि चर्चित छन्।

साथै लकडाउन प्रभावितहरूलाई खाना खुवाउनेदेखि गाडी तथा प्लेनमार्फत् घर पठाउने, राहत र सुरक्षा उपकरण उपलब्ध गराउने काम गरेका कारण सामाजिक सञ्जालदेखि सञ्चारमाध्यममा ‘सुपर हिरो’को रुपमा व्याख्या गरिएको थियो।

प्रकाशित मिति: : 2021-01-10 15:28:00

प्रतिकृया दिनुहोस्