यौन हिँसा गरेको आरोपमा आरआर क्याम्पसका प्राध्यापक पक्राउ

बिएल संवाददाता

काठमाडाै‌ं

यौन हिँसा गरेको आरोपमा राजधानीकाे प्रदर्शनी मार्गमा रहेको रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसका एकजना प्राध्यापक पक्राउ परेका छन् । 

४५ वर्षीय प्राध्यापक विष्णुप्रसाद आचार्यलाई साेमबार प्रहरीले कलेजबाटै पक्राउ गरेको हो ।

आरआर क्याम्पसमा अध्ययनरत एक छात्रालाई सामाजिक सञ्जालमार्फत यौन हिँसा गरेको आरोपमा पक्राउ गरिएकाे काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहले बिएल नेपाली सेवालाई जानकारी दिए। 

प्राध्यापक आचार्यलाई नियन्त्रणमा लिएर अभद्र व्यवहारसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको एसएसपी सिंहले जानकारी दिए।

प्रकाशित मिति: : 2021-01-12 14:07:00

प्रतिकृया दिनुहोस्