बाँकेमा लाठी प्रहार गरी आफ्नै भाइको हत्या गरेको आरोपमा एकजना पक्राउ

Breaknlinks
Breaknlinks

बाँकेमा लाठी प्रहार गरी आफ्नै भाइको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । 

प्रहरीका अनुसार नरैनापुर गाउँपालिका-४ नरैनापुर बस्ने ३० वर्षीय इसाइल खाँ ले आफ्नै भाइ १७ वर्षीय रहिस खाँलाई टाउकोमा लाठी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

सोही ठाउँस्थित बारीसी बाबा सामुदायिक वनमा गएको अवस्थामा इसाइलले रहिसको टाउकोमा लाठी प्रहार गरेका थिए ।

इलाका प्रहरी कार्यालय नैनापुर र इलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरी टोलीले इसाइललाई सोमबार राति नियन्त्रणमा लिएको हो ।

 यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: : 2021-01-12 15:11:00

प्रतिकृया दिनुहोस्