फेसबुकमा विज्ञापन गरी ४३ जनालाई ठग्ने पक्राउ

बिएल संवाददाता

काठमाडाै‌ं

फेसबुकमा रोजगारीको विज्ञापन गरी ४३ जनालाई ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाको टोलीले बुधबार दोलखा जिरी नगरपालीका ८ का शिव खड्कालाई काठमाडौंबाट पक्राउ गरेको हो। 

खड्काले लामो सयमदेखि विभिन्न क्षेत्रमा रोजगारीको लागि अवसर भन्दै फेसबुकमा विज्ञापन गर्दै विभिन्न ब्याक्तिलाई ठगी गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ। 

खड्काले १५ सयदेखि ३५ सयसम्म फारम भरेको रकम भन्दै लिने गरेका थिए। 

खड्काले ठगी गरेका ४३ जना अहिले प्रहरी सम्पर्कमा आएका छन्। खड्काले अन्यलाई पनि ठगी गरेको हुनसक्ने भन्दै प्रहरीले ठगिएको कोही भए सम्पर्कमा आउन आग्रह गरेको छ।

प्रकाशित मिति: : 2021-01-13 17:43:00

प्रतिकृया दिनुहोस्