तराई–मधेशमा चिसोको कारण धमाधम विद्यालयहरु बन्द हुन थाले

तराई–मधेशमा बढ्दै गएको चिसोको कारण धमाधम विद्यालयहरु बन्द हुन थालेका छन्। कोरोना कालमा लामो समयसम्म बन्द रहेको विद्यालय  जनजीवन सामान्य भएपछि खुलेको थियो तर केही दिनदेखि तराईमा बढेको चिसोकारण यहाँका विद्यालय बन्द हुन् थालेका छन्। 

चिसोका कारण पर्साको बिद्न्वासिनी गाउँपालिका र वीरगञ्ज महानरपालिका विद्यालयहरु बन्द भएका छन्। 

पर्साको बिन्दवासिनी गाउँपालिकाले एक प्रेस  विज्ञप्ति जारी गरी दुई दिनसम्म विद्यालय बन्द गरिएको जनाएको छ। भने हिजो नै एक सुचना जारी गरी वीरगञ्ज माहनगरपालिकाले तीन दिनसम्मका लागि महानर अन्तर्गत रहेको सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालय बन्द गरेको छ।

नेपाल शिक्षा माहासङ्घ र विन्दवासिनी गाउँपालिकाबीच छलफल भएपछि सोमबारदेखि बुद्धबारसम्मको लागि विद्यालय बन्द गरिएको गाउँपालिकाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

बिन्दवासिनी गाउँपालिकामा रहेको सम्पूर्ण सामुदायिक , संस्थागत र धार्मिक विद्यालय बन्द गरिएको प्रेस विज्ञप्तिमा जनाईएको छ।  

यसैगरी उता रौतहटको गरुडा नगरपालिकाले एक सुचना जारी गरेर आजदेखि मङ्गलबारसम्म विद्यालय बन्द गरेको जनाएको छ।  चिसोले मध्यतराईको नै जनजीवन कष्टकर हुदा कोरोना काल पछी खुलेका विद्यालय धमाधम बन्द हुन् थालेकाे छ । 

यसैबीच बाक्लो हुस्सु र कुहिरोका कारण चिसो बढ्दा तराई–मधेसको जनजीवन प्रभावित भएको छ। एक हप्तादेखि नै बाक्लो हुस्सु र कुहिरो लागेपछि चिसो निकै बढेको र जनजीवन प्रभावित भएको हो। 

मध्य तराईको, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषामा बाक्लो कुहिरो लागेको छ। चिसोका कारण मानिसहरु घरबाट कम मात्रामा बाहिर निस्केका छन्। बजारमा पनि चहलपहल घटेको छ। 

चिसो बढेसँगै मानिसहरु जाडोबाट बच्न आगो तापेर घरमै बस्न बाध्य भएका छन्। चिसोका कारण खासगरि दैनिक ज्यालादारी तथा घर बाहिर खुल्ला ठाउँमा काम गरेर जिविकोपार्जन गर्दै आएका मजदुर तथा सर्वसाधाराणलाई बढी समस्या भएको छ।

घर बाहिर रिक्सा ठेला तथा निर्माणका काममा खटने मजदुरहरु बढी प्रभावित भएका छन्। चिसोले गर्दा स–साना बालबालिका र वृद्धाहरुलाई बढी प्रभाव पार्ने भएकाले यस्तो मौसममा उनीहरुको ख्याल गर्नुपर्ने डाक्टरहरुको सुझाव छ। 

सकेसम्म घरवाहिर ननिस्कन, निस्कनै परेमा न्यानो कपडा लगाएर निस्कन तथा तातो झोलिलो तथा पोषणयुक्त खाना खान डाक्टरहरुले सुझाव दिएका छन्।

प्रकाशित मिति: : 2021-01-17 15:47:00

प्रतिकृया दिनुहोस्