वरुण र नताशा आइतबार विवाह बन्धनमा बाधिँदै

बलिउड अभिनेता वरुण धवन आगामी आइतबार विवाह बन्धनमा बाँधिने भएका छन्।

उनले प्रेमिका नताशा दलालसँग विवाह गर्न लागेका हुन्। वरुणको विवाहको तयारी  भइरहेको छ।

कोरोना भाइरसको जोखिमका कारण विवाह समारोह सामान्य हुनेछ।  

परिवारका सदस्य र नजिकका साथीहरु मात्रै विवाहमा सहभागी हुनेछन्।

करिब ४०५० जनाको मात्रै उपस्थिति रहने छन्। पाँच दिन लामो विवाह समारोह अलिबागमा हुँदैछ ।

विवाहपछि उनीहरुले मुम्बईमा सेलिब्रेट्रीको लागि रिसेप्सन पार्टी राखेका छन् । वरुणकी प्रेमिका नताशा फेसन डिजाइनर हुन् । उनले आफ्नो विवाहको लेहेंगा आफै डिजाइन गरेकी छन् ।

वरुण र नताशा लामो समयदेखि प्रेममा थिए। सन् २०२० मै उनीहरुको विवाह हुने बताइएको थियो। तर कोरोना महामारी सुरु भएपछि रोकिएको थियो।

प्रकाशित मिति: : 2021-01-21 19:55:00

प्रतिकृया दिनुहोस्