चार पूर्व प्रधानन्यायाधीसविरूद्ध सर्वोच्चमा रिट

सरकारको संविधान विघटन गरेर चुनाव गर्ने निर्णयविरूद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्धालाई प्रभावित पार्न संयुक्त वक्तब्य निकालेको आरोपमा चार पूर्व प्रधानन्यायाधीसविरूद्ध रिट दायर भएको छ। 
अधिवक्त लोचन भट्टराई र धनजीत बस्नेतले पूर्व प्रधानन्यायाधीस मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरूद्ध सर्वोच्च अदालतको अपहेलना मुद्धामा रिट दायर गरेका हुन्। 
अधिवक्ताद्धयले दायर गरेको रिटमा भनिएको छ, ‘अदालतमा विचाराधीन मुद्धालाई प्रभावित पार्ने गरि पूर्व प्रधानन्यायाधीसहरूले विज्ञप्ती निकालेर अदालतको अपहेलना गर्नुभएको छ।’
चार पूर्व प्रधानन्यायाधीसले २४ पुसमा विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री केपी ओलीको संसद विघटन गर्ने निर्णयलाई असंवैधानिक भनेका थिए।

प्रकाशित मिति: : 2021-01-27 15:05:00

प्रतिकृया दिनुहोस्