रेडपाण्डाको छालासहित तीन जना पक्राउ

रेडपाण्डाको अवैध कारोबारमा संलग्न  तीन जना पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा सुर्खेत भेरीगंगा नगरपालिका १० का ४० वर्षीय दलबहादुर शाही, जाजरकोट जुनीचाँदे गाँउपालिका ११ का ११ वर्षीय धनबहादुर शाही र सल्यान कुपिण्डेदह नगरपालिका ४ का ३३ वर्षीय भरत बहादुर पुन रहेका छन।

दुर्लभ वन्यजन्तुको रुपमा रहेको रेडपाण्डाको अवैध कारोबारमा संलग्न उनीहरुलाई कोहलपुर नगरपालिका वडा नम्बर १२ चप्परगौडीमा रहेको एक होटलबाट पक्राउ गरेको हो। 

बुधबार बिहान १० बजे रेडपाण्डाको छालाको अवैध कारोबार भइरहेको सूचनाका आधारमा लुम्बिनी प्रदेश प्रहरी ब्युरो र ईलाका प्रहरी कार्यालय कोहलपुरको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको थियो। 

होटलको कोठा नम्बर ११३ मा खानतलासी गर्ने क्रममा झोलाबाट २ थान रेडपाण्डाको छाला फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरका मुद्दा फाँट इन्चार्ज प्रहरी निरीक्षक सुबराज बम जानकारी दिए। 

प्रकाशित मिति: : 2021-01-27 20:33:00

प्रतिकृया दिनुहोस्