एक लाख बढिले लगाए कोरोना विरुद्धको खोप   

सजिलोखबर

कोरोना विरुद्धको खोप आज छैटौँ दिन एक लाख १३ हजार १ सय ७५ जनाले लगाएका छन्। 

प्रदेश नं १ मा १५ हजार ३२९, प्रदेश नं २ मा १५ हजार २४, वाग्मती प्रदेशमा ४० हजार २७२, गण्डकी प्रदेशमा १३ हजार ९२२ जना, लुम्बिनी प्रदेशमा १४ हजार ६४०, कर्णाली प्रदेशमा छ हजार १३१ र सुदूरपश्चिम प्रदेशमा सात हजार ८५७ जनालाई खोप दिइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले जानकारी दिए।

भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप यही माघ १४ गतेदेखि देशभरि १९१ खोपकेन्द्रबाट अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मीसहित अन्यलाई दिन थालिएको हो। 

प्रकाशित मिति: : 2021-02-01 21:31:00

प्रतिकृया दिनुहोस्