पहिलो छोराका बुवा बने सुनिल नरेन 

वेष्ट इन्डिजका अलराउन्डर सुनिल नरेन बुवा बनेका छन्।

उनले यसको जानकारी सोसल मिडियामार्फत दिए। पत्नी एञ्जेलियाले सोमबार छोरालाई जन्म दिइन्। यसअघि डिसेम्बरमा नरेनले आफ्ना समर्थकलाई घरमा नयाँ आगन्तुक आउन लागेको बताए। 

नरेनले फोटो सार्वजनिक गर्दै लेखेका छन्, ‘तिम्रो आगमनले खाली जीवनमा हरियाली छाएको छ।’

नरेनले वेष्ट इन्डिजका लागि ६५ एकदिवसीय खेल्ने क्रममा ९२ विकेट लिएका छन्। ५१ टि–२० मा उनले ५२ विकेट लिएका छन्। उनले इन्डियन प्रिमियर लिगको १२० खेलमा १ सय २७ विकेट लिएका छन्।

प्रकाशित मिति: : 2021-02-02 15:28:00

प्रतिकृया दिनुहोस्