पहिलो चरणमा एक लाख ८४ हजारले लगाए कोरोना  विरुद्धको खोप 

बिएल संवाददाता

काठमाडाै‌ं
Nepal samaya

पहिलो चरणको कोरोना भाइरस विरुद्धको खोप एक लाख ८४ हजार ८५७ जनाले  लगाएका छन्। 

भारत सरकारले उपलब्ध गराएको खोप देशभरका २०१ खोप केन्द्रबाट एक लाख ८४ हजार ८५७ जनालाई दिइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

खोप लगाउनेमा प्रदेश नं १ मा २४ हजार २२४, प्रदेश नं २ मा २५ हजार ६३७, वाग्मती प्रदेशमा ६३ हजार ३०८, गण्डकी प्रदेशमा १८ हजार ४७२, लुम्बिनी प्रदेशमा २८ हजार ९४१, कर्णाली प्रदेशमा नौ हजार ४२० र सुदूरपश्चिम प्रदेशमा १४ हजार ८५५ जना छन्।

मन्त्रालयले यही माघ १४ गतेदेखि पहिलो चरणमा कूल जनसङ्ख्याका तीन प्रतिशतलाई खोप लगाउनेमध्ये प्राथमिकतामा परेका व्यक्तिलाई खोप प्रदान गरेको थियो। खोप अभियान शनिबार सम्पन्न भएको थियो। 

नेपालमा कूल जनसङ्ख्याको ७२ प्रतिशतलाई खोप लगाउने सरकारको योजना छ। 

प्रकाशित मिति: : 2021-02-07 11:18:00

प्रतिकृया दिनुहोस्