सपना रोका मगरलाई 'दुर्व्यवहार गर्ने' विनयजंग पक्राउ  

बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरलाई दुर्व्यवहार गरेको अभियोगमा विनयजंग बस्नेत पक्राउ परेका छन्। 

महानगरीय प्रहरी परिसर, काठमाडौंले मंगलबार बस्नेतलाई गोंगबुबाट पक्राउ गरेको हो। 

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार बस्नेतले युट्युबमार्फत आफ्नो अश्लिल तस्वीर देखाएर चरित्र हत्या गरिदिने धम्की दिएको भन्दै सपनाले आइतबार जाहेरी दार्ता गराएकी थिइन्। 

सँगै बेवारिसे शव व्यवस्थापन गर्दै आएका विनय र सपनाबीचको खटपट पछिल्लो समय सर्वजनिक भएको थियो।

बिबिसीको सूचीमा चयन भएको केही समयपछि उनीहरुबीच विवाद सुरु भएको थियो। अहिले उनीहरु छुट्टा छुट्टै समूहमा काम गर्दै आएका छन्।

सपनाको जाहेरी पछि प्रहरीले बस्नेतको खोजी सुरु गरिएको थियो। 

 

 

प्रकाशित मिति: : 2021-02-16 17:48:00

प्रतिकृया दिनुहोस्

    गोलि ठोक कुकुर लाई हैन भने म आफै ठोक्छु

    • 3 बर्ष अगाडि
    • Ishwar B Magar

    एउटो जिम्मेवारी र प्रवल ब्यक्तिले अल्लारे अझै महिलालाइ घाटक र दलाली किसिमको कामगर्नु राम्रो होइन??? चित्तबुझे सङ्गै नत्र अलग अलग काम गरेभयोनी? बिस्तरामा नग्न र यौन सबैले गर्छन र हाम्रो सृष्टि भएकोछ??? यस्ता किसिमका काॠ गरेऔ भने हामिसबैका दिदिबहिनिहरु छोरिहरु छन होइनर??

    • 3 बर्ष अगाडि
    • Tilak Tulachan