म्यान्मारमा प्रदर्शनकारीमाथि गोली प्रहार, थप दुईको मृत्यु 

The Irrawaddy
The Irrawaddy

म्यान्मारमा सैन्य 'कू'विरुद्ध प्रदर्शनमा सहभागी भएकाहरुमाथि प्रहरीले गोली चलाउँदा दुई जनाको मृत्युभएको छ।

म्यान्मारको दोस्रो ठूलो शहर माण्डलेमा भएको प्रदर्शनको क्रममा प्रहरीले गोली चलाउँदा ३६ वर्षका पुरुष र १८ वर्षमुनिका अर्का एक किशोरको मृत्युभएको ऐरावतीले जनाएको छ।

म्यान्मारमा पछिल्लो दुई हप्तादेखि जुन्ता सरकारविरुद्ध प्रदर्शन हुँदै आएको छ। प्रहरीले प्रदर्शनकारीलाई तितरवितर पार्न गोली चलाएको हो। 

गत शुक्रबार एक महिलाको उपचारको क्रममा मृत्यु भएको थियो। ९ फेब्रुअरीमा टाउकोमा प्रहरीको गोली लागेकी ती महिलाको उपचारको क्रममा मृत्यु भएको हो।

सेनाले सत्ता हत्याएसँगै सर्वसाधारण, पेशाकर्मी तथा भिक्षुहरु पनि प्रदर्शनमा उत्रिएका छन्। दबाबमा आएको सैनिक नेतृत्वले पछिल्ला दिनमा प्रदर्शनकारीमाथि बल प्रयोग गर्दै आएको छ।

प्रकाशित मिति: : 2021-02-21 07:29:00

प्रतिकृया दिनुहोस्