तब्बुले ‘भूल भुलैया–२’ नछोडेको फिल्म निर्माताको दावी

File Photo
File Photo

फिल्म निर्माता अनिस बज्मीले अभिनेत्री तब्बुले ‘भूल भुलैया–२’ छोडेको भन्ने खबरको खण्डन गरेका छन्।

उनले भने, ‘तब्बुले कहिल्यै पनि सुटिङ अस्विकार गरेका छैनन्। म आफै कोभिडका कारण मुम्बईमा बसेको छुइन्। परिवारसहित लोनावलामा भएको फार्म हाउसमा थिए,’ उनले भने। 

उनले सबै कुरा यथास्थितिमा रहेको खण्डमा अप्रिल–मेसम्म फिल्म पुरा हुने बताए। २००७ मा रिलिज भएको ‘भूल भुलैया’ को सिक्वेलमा कार्तिक आर्यन र कियारा आडवाणीको मुख्य भूमिका थियो।

कोभिडका कारण केही महिनादेखि फिल्मको सुटिङ रोकिएको छ।

प्रकाशित मिति: : 2021-02-22 15:26:00

प्रतिकृया दिनुहोस्