फरुवाले हानेर श्रीमानको हत्या

Photo : ratopati
Photo : ratopati

कन्चनपुरकाे बेलौरी नगरपालिका–६ भुरकोटकी एक महिलाले फरुवाले हानेर श्रीमानको हत्या गरेकी छन्।

आज बिहान २८ वर्षीया वसन्ती चौधरीले ३० वर्षीय आफ्ना श्रीमान् ओमकुमार चौधरीको फरुवा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले घरायसी विवादमा वसन्तीले फरुवा प्रहार गरेकाे बताए। 

“बिहान ५ बजे घटनाबारे जानकारी पाएपछि प्रहरीको टोली पुगेको छ”, उनले भने, “फरुवा प्रहार गर्ने वसन्तीलाई नियन्त्रणमा लिइएको छ। टाउकोमा चोट लागेको अवस्थामा शव घरभित्रै फेला परेको छ।” रासस

 

प्रकाशित मिति: : 2021-02-23 08:23:00

प्रतिकृया दिनुहोस्