तीन सयले घट्यो सुनको मूल्य

बिएल संवाददाता

काठमाडाै‌ं
Purbikhabar

सुनको मूल्य आज  तोलामा ३०० ले घटेको छ। 

एक हजार १०० ले मङ्गलबार बढेको सुन आज झिनो अङ्कका साथ घटेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा रु ८९ हजार ८०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ भने छापावाला सुन मङ्गलबार तोलामा रु ९० हजार १०० मा कारोवार भएको थियो। 

यस्तै तेजाबी सुन तोलामा रु ८९ हजार ३५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ। तेजाबी सुन मङ्गलबार तोलामा रु ८९ हजार ६५० मा कारोवार भएको थियो।

 यस्तै चाँदी आज तोलामा रु १५ ले घटेको छ। रु एक हजार ३६० मा मङ्गलबार कारोवार  भएको चाँदी आज भने रु एक हजार ३४५ मूल्यमा कारोवार भइरहेको छ।
 

प्रकाशित मिति: : 2021-02-24 12:13:00

प्रतिकृया दिनुहोस्