‘चिसो मान्छे’को छायांकन सुरु 

बिएल संवाददाता

काठमाडाै‌ं
दीपेन्द्र के खनाल
दीपेन्द्र के खनाल

दीपेन्द्र के खनालको लेखन, छायांकन तथा निर्देशनमा निर्माण लागेको फिल्म ‘चिसो मान्छे’ को छायांकन सुरु भएको छ।

सोमबार विहान शुभसाइत गर्दै फिल्मको छायांकन सुरु भएको निर्देशक खनालले बताएका हुन्।

समाजका चिसो मान्छेको कथामा निर्माण हुन लागेको फिल्मको छायांकन काठमाडौंदेखि बाजुरासम्म हुने निर्देश खनालले जानकारी दिए।

शर्मिला पाण्डेको निर्माणमा तयार हुने सो फिल्ममा नायिका स्वस्तिमा खड्का, अर्पण थापाको मुख्य भूमिका रहनेछ।

फिल्ममा देशभक्त खनाल, आशान्त शर्मा, झकेन विसीलगायतको अभिनय रहने छ।  फिल्म आगामी भदौको ११ गतेबाट रिलिज गर्ने तयारी रहेको निर्माण पक्षले बताएको छ।

प्रकाशित मिति: : 2021-03-01 12:26:00

प्रतिकृया दिनुहोस्