५ पिको अफिमसहित थवाङबाट २ जना पक्राउ

५ किलो अवैध लागूऔषध अफिमसहित प्रहरीले रोल्पाको थवाङबाट २ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रोल्पाबाट प्रहरी निरिक्षक सन्तोस कुमार केसीको टोलीले बिहीबार उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा थवाङ गाउँपालिका वडा नम्बर ३ का सुक्लान घर्तीमगर र सोही ठाँउका रामधन बुढा रहेका छन्।

विषेश सुचनाको आरधारमा उनीहरुलाई बिहीबार थवाङ गाउँपालिका ३ सुक्लानबाट पक्राउ गरेको हो।

पक्राउ परेका दुबैजनालाई प्रहरी थुनामा राखी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2021-03-04 18:13:00

प्रतिकृया दिनुहोस्