ठूलोगाउँमा खोपकेन्द्र भवन निर्माण

Symbolic  photo
Symbolic photo

ठूलोगाउँमा खोपकेन्द्र भवन निर्माण गरिएको छ। ग्रामीण बालबालिकालाई खोप लगाउन सहज पार्ने उद्देश्यले खोपकेन्द्र निर्माण गरिएको हो।

स्वास्थ्य संस्था जान आधा घण्टाभन्दा बढी दूरी भएको ग्रामीण बस्तीलाई खोपलगायतका सेवा घर नजिकबाटै सहज पार्ने सरकारको नीतिअनुरूप खोपकेन्द्र निर्माण गरिएको हो।

उत्तरगया गाउँपालिका–३ ठूलोआँगन आसपास निर्माण गरिएको खोपकेन्द्रले मासिक ३० बालबालिकालाई खोप लगाउन सहज भएको ठूलोगाउँ स्वास्थ्य केन्द्रले जनाएको छ। 

भवन निर्माणको कूल लागत रु आठ लाख ३५ हजार रहेको र सोमध्ये गाउँपालिबाट रु तीन लाख एवं स्थानीय विकास पूर्वाधार विकास कार्यक्रमअन्तर्गत सांसद मोहन आर्चायले रु पाँच लाख ३५ हजार प्रदान गरेको वडा नं ३ को कार्यालयले जनाएको छ।

प्रकाशित मिति: : 2021-03-05 14:04:00

प्रतिकृया दिनुहोस्