लागुऔषधसहित बालक पक्राउ

प्रहरीले काठमाडौँबाट लागुऔषधसहित एक बालकलाई पक्राउ गरेको छ।महानगरीय प्रहरी प्रभाग नागढुङ्गााबाट खटिएको प्रहरी टोलीले आज साँझ १३ वर्षका बालकलाई लागुऔषधसहित पक्राउ गरेको हो। 

रौतहटबाट काठमाडौँ आउँदै गरेको ना८ख ११०४ नम्बरको बसका यात्रु रहेका उनको झोलाभित्र जाँच गर्दा एक हजार ९०० एम्पुल लागुऔषध फेला परेको हो।

उनीमाथि महानगरीय प्रहरी वृत्त थानकोटबाट लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान भइरहको प्रहरीले जनाएको छ। 

उनको साथबाट डाइजेपाम ७०० एम्पुल, फेनारगन ६०० एम्पुल र नोफिन ६०० एम्पुल बरामद गरिएको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए।  

यता काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित टहरामा बस्ने काभ्रेपलाञ्चोक तिमालकी २७ वर्षीया सीता रायमाझी आज मृत फेला परेका र उक्त घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रकाशित मिति: : 2021-03-05 18:24:00

प्रतिकृया दिनुहोस्