नेप्सेमा 'करेक्सन' जारी, २३.२२ अंकले घटेर बजार बन्द

फाइल तस्वीर
फाइल तस्वीर

सेयरबजारमा नाफा बुक गर्नेहरु हावी हुँदा नेप्सेमा 'करेक्सन' देखिएको छ। मंगलवार नेप्से सूचक २३.२२ अंकले घटेर २४६१.८८ विन्दुमा अडिएको छ।

२१० वटा कम्पनीको १ करोड २४ लाख ८२ हजार ४२८ कित्ता शेयर ४ अर्ब ७५ करोड २७ लाख ८ हजार १४७ रुपैयाँमा खरिद बिक्री भएको छ। अघिल्लो कारोबार दिन सोमबार ५ अर्ब रुपैयाँ माथिको शेयर कारोबार भएकोमा मंगलबार कारोबार रकम थप घटेको हो।

कारोबारमा आएका १३ उपसमूहमध्ये तीन उपसमूहको सूचक सकारात्मक देखिएको छ।

चन्द्रागिरी हिल्सको शेयरमूल्य उच्च दरले बढ्दा होटल तथा टुरिजम उपसमूहको सूचक सबैभन्दा धेरै २.९८ प्रतिशतले बढेको छ भने हाइड्रोपावर उपसमूहको सूचक पनि १.८ प्रतिशतले बढेको छ।

मंगलबार हिमालयन उर्जाको शेयरमूल्य सबैभन्दा धेरै ९.९७ प्रतिशतले बढेको छ भने चन्द्रागिरी हिल्सको ९.९२ प्रतिशत, नेपाल हाइड्रो डेभलपर्सको ९.८८ प्रतिशत, रैराङ हाइड्रोपावरको ९.७८ प्रतिशत र युनाइटेड फाइनान्सको ९.७८ प्रतिशतले बढेको छ।

यता सपोर्ट माइक्रोफाइनान्सको शेयरमूल्य भने सबैभन्दा धेरै ५.१८ प्रतिशतले घटेको छ भने मिथिला लघुवित्तको ४.६२ प्रतिशत, पोखरा फाइनान्सको ३.५३ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको ३.२८ प्रतिशत र ग्लोबल आइएमई बैंकको ३.२५ प्रतिशतले घटेको छ।

शिखर इन्स्योरेन्सको सबैभन्दा धेरै ६५ करोड ३५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने अपर तामाकोशीको २९ करोड ६७ लाख, अरुण भ्याली हाइड्रोपावरको २९ करोड ३२ लाख, नेपाल इन्फ्रास्ट्रक्चर बैंकको २५ करोड ४९ लाख रुपैयाँ र नेपाल दूरसञ्चार कम्पनीको १७ करोड ६५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

प्रकाशित मिति: : 2021-03-09 16:06:00

प्रतिकृया दिनुहोस्