अक्षय कुमार पनि कोरोना संक्रमित

बलिउडका खेलाडी अक्षय कुमार कोरोना संक्रमित भएका छन्। ५३ वर्षीय सुपरस्टारले सोसल मिडियामार्फत आफूलाई कोरोना भएको जानकारी दिएका छन्।

उनले भनेका छन्, ‘म सबैलाई भन्न चाहन्छु, आज बिहान मेरो कोभिड–१९ टेस्टको रिपोर्ट पोजिटिभ आयो। म नियमको पालना गरिरहेको छ। म होम क्वारेन्टाइनमा छु। मेरो अपील छ, मसँग सम्पर्कमा हुनुभएका सबैले तुरुन्त कोभिड टेस्ट गर्नुहोला।’

उनले छिट्टै ठिक भएर सुटिङमा फर्किने जानकारी पनि दिए। अक्षय हाल ‘राम सेतु’ को सुटिङमा व्यस्त थिए। चार दिनअघि उनको फिल्मको पोस्टर सार्वजनिक भएको थियो। अक्षय यो फिल्ममा पुरातत्वविद्को भूमिकामा छन्।

फिल्मको पहिलो सुट १७ दिनअघि भएको थियो। यसमा ज्याकलिन फर्नान्डेज र नुसरत भरुचाको पन अभिनय रहेको छ। फिल्मको निर्देशक अभिषेक शर्मा छन्।



उदितका छोरा आदित्यपनि कोरोनाबाट संक्रमित

बरिष्ठ अभिनेता तथा निर्देशक तारिक शाहको निधन

प्रकाशित मिति: : 2021-04-04 11:37:00

प्रतिकृया दिनुहोस्