नयाँ बानेश्वर चोकमा क्रेनको सहायताले आकाशेपुल राखियाे (फाेटाे/भिडियाे)

शनि शाक्य

काठमाडौँ

काठमाडौंको सबैभन्दा व्यस्त नयाँ बानेश्वर चोकमा आकाशेपुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।

भुइँमा तयार भइसकेको आकाशेपुल बुधबार जडान गर्न लागिएको छ। 

गत वर्ष नै निर्माण सकिनुपर्ने सम्झौता भए पनि कोरोना महामारीका कारण पुलका लागि आवश्यक पर्ने दक्ष जनशक्तिको अभावले झण्डै एक वर्षपछि निर्माण सम्पन्न हुन लागेको हो।

नयाँ बानेश्वर चोक काठमाडौंको सबैभन्दा बढी पैदलयात्रुले एकै पटक सडक वारपार गर्ने ठाउँ हो । चाेकदेखि पश्चिमतर्फ करिब ५० मिटर टाढा बनिरहेको आकाशे पुललाई बुधबार क्रेनको सहायताले खम्बामाथि चढाएर राख्न लागिएको हो।

सडक विभाग अन्तर्गतको काठमाडौं सडक डिभिजन कार्यालयले करिब ३ करोड रुपैयाँको लागतमा उक्त पुल निर्माण गरिएको हो।

प्रकाशित मिति: : 2021-06-09 17:13:00

प्रतिकृया दिनुहोस्