'मदिरा पिएको ज्ञानेन्द्र शाही समूहसँग मातेका स्थानीयको करेखोलामा  झडप भएको हो'

Breaknlinks
Breaknlinks

अभियन्ता ज्ञानेन्द्र शाहीसहितको टोली र स्थानीय बासिन्दाबीच सुर्खेतमा झडप भएपछि सामाजिक सञ्जाल तातेको छ। देशव्यापी राहत बाड्ने अभियानमा हिँडेको शाहीको टोली र स्थानीय युवा समूहबीच वीरेन्द्रनगर–१३ करेखोलामा शुक्रबार राती करेखोलामा दोहोर झडप भएको थियाे।

तर शाहीसहितको टोली करेखोलामा राहत बाड्न नभई उनको अभियानसँगै लागेकी सीता आचार्यको गाउँ गएर फर्कने क्रममा करेखोलास्थित मछेल चौकमा कुटपिट भएको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

अभियन्ता शाहीको टोलीमा सामेल सीता करेखोलाकी स्थायी बासीन्दा हुन् तर उनी विवाहपछि करेखोला छाडेर काठमाडौं बस्छिन्।



स्थानीयकाे दबाबमा पछि हटे ज्ञानेन्द्र शाही

कोरोना महामारीको समयमा अभियान्ता शाहीको टोलीले देशका विभिन्न ठाउँमा राहत बाड्दै हिँडिरहेको छ। साेही क्रममा सुर्खेत आइपुगेका अभियान्ता शाहीसहितको टोली शुक्रबार दिउँसो करेखोला गएको थियाे।

अभियानमै रहेकी आचार्यको जन्मगाउँ भएकोले उक्त टोली दिउँसो पुगेको थियो। दिउँसोको खाना खाएपछि शाहीको टोली गरगरेमा कुखुरा फर्म हेर्न गएको स्थानीयले बताएका छन्।



अमरिश पुरीसँग दुरुस्त अनुहार भन्दै गण्डकी प्रदेशका मुख्यमन्त्री नेपालीको तुलना

आफ्नै सरकारमाथि भ्रष्टाचारको आरोप लगाउने विरङ्गाना



ईत्रामका शिव सुवेदीले सञ्चालन गरेको फर्ममा शाहीको टोली पुगेको फर्ममा काम गर्ने गणेश बुढा क्षेत्रीले बताए। उनका अनुसार अभियन्ता शाही र सुवेदी साथी हुन। आफ्नो फर्म देखाउन उनी पनि सँगै फर्ममा आएको बुढा क्षेत्रीको भनाइ छ। 

'फर्ममै बसेर रमाइलो गरेको अभियन्ता शाहीको टोलीले खाना खाएपछि राती १० बजेतिर फर्मबाट वीरेन्द्रनगरतर्फ झरेका थिए,' उनले भने, 'गरगरेमै रात परिसकेकाले टोली करेखोलामा रहेको सलामी टोलमा स्थानीय युवाहरुसँग भेट भयो। शाहीसहितको टोली चढेको गाढी अघि मोटरसाइकल थिए। मोटरसाइकलले सडकमा हिँडिरहेका युवाहरुलाई ठक्कर दिने गरी चलाएपछि शाहीसहितको टोली र स्थानीय युवाबीच विवाद सुरु भएको थियाे।'

त्यही क्रममा शाहीसहितको टोली र स्थानीय युवाबीच विवाद बढ्दै गएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रहेका नेपाल प्रहरीका डीएसपी रामप्रसाद घर्तीले बताए।  

'घरतर्फ गइरहेका युवा नेवारेमा घर निर्माणका लागि काम गर्न आएका थिए,' उनले भने, 'घरको झ्याल र ढोका राख्दा ढिला भएकोले उनीहरुले पनि मदिरा सेवन गरेर फर्किरहेका रहेछन्। त्यहीँ क्रममा अभियान्ता शाहीको टोलीसँग भनाभन भएर झडप भएको खुलेको छ।'

अभियन्ता शाहीनिकटका अनुसार उनी मदिरा सेवन गर्दैनन् तर उनीसँगको टोलीले मदिरा सेवन गरे वा नगरेबारे प्रहरीले पुष्टि गरेकाे छैन तर ज्ञानेन्द्र शाहीको समूहले पनि मदिरा सेवन गरेको स्थानीयको आरोप छ। 

शाहीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ परेका केही युवाले मदिरा सेवन गरेको देखिएको पुष्टि प्रहरीले गरिसकेको छ। पक्राउ पर्नेमा वीरेन्द्रनगरका १३ का टंक सलामी, घनश्याम सलामी, सुजन सारु, नवराज गिरी र ललित गाहा छन्।

घटनाको प्रकृति हेर्दा मुख्य कारण मदिरा नै देखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता घर्तीको भनाइ छ।

सलामी टोलमा विवाद भए पनि मछेल टोलको चौकमा शाहीको टोली पुगेपछि थप हानाहान भएको भिडियो देख्न सकिन्छ। स्थानीयकाअनुसार मछेल टोलमा शाही र स्थानीय युवाको टोलीबीच घटना हुँदा रातको ११ बजेको थियो।

शाहीको टोलीले भने सरकारी पक्षबाट आफ्नो समूहमाथि आक्रमण भएको दाबी गरेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा राखेका छन्। 'हामीमाथि सरकार पक्षका मान्छेबाट आक्रमण भयो। सुर्खेत प्रहरीले झुट बोल्दैछ,' फेसबुकमार्फत् शाहीले भनेका छन्।

प्रकाशित मिति: : 2021-06-13 17:40:00

प्रतिकृया दिनुहोस्