अवैध घरेलु मदिरासहित अटो प्रहरीको नियन्त्रणमा

विजय साह

जनकपुर

धनुषामा अवैध घरेलु मदिरा लोड एउटा अटो गाडी प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्लाको हरिहरपुरस्थित पूर्वपश्चिम राजमार्गबाट अवैध घरेलु मदिरा लोड रहेको एउटा अटो गाडी इलाका प्रहरी कार्यालय ढल्केवरले नियन्त्रणमा लिएको हो।

प्रहरीले जाँचको क्रममा जिल्लाको धारापानीबाट जनकपुरतर्फ लैजाँदै गरेको अवस्थामा प्रदेश २-०२-००१ स १०९७ नम्बर अटो गाडी भरि घरेलु मदिरा लोड रहेको पाएपछि अटो नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदिप सुवेदीले बताएका छन्।

प्रहरीले धारापानी बस्ने अटो चालक बलिराम विश्वकर्मा र अवैध मदिरा कारोबारमा संलग्न बिना विश्वकर्मा, निल कुमारी लामा र चिनामायालाई पक्राउ गरेको छ। प्रहरीले नियन्त्रणमा लिएको अटोबाट करिब ३ सय ५० लिटर अवैध मदिरा रहेको छ।

नियन्त्रणमा लिइएको अटोसहितको मदिरा र संलग्न कारोबारीलाई मदिरा नियन्त्रण ऐन अन्तर्गत आवश्यक अनुसन्धान तथा कार्वाहीका लागि राजस्व अनुसन्धानको कार्यालय पठाउने इप्रका ढल्केवरका प्रनि सुवेदीले जनाएका छन्।

प्रकाशित मिति: : 2021-06-22 10:50:00

प्रतिकृया दिनुहोस्