राम चरणसँग रोमान्स गर्दै कियारा आडवाणी

Zee news
Zee news

बलिउड अभिनेत्री कियारा आडवाणी साउथ अभिनेता राम चरणसँग रोमान्स गर्ने भएकी छिन्। 

दिल राजूले निर्माण गर्न लागेको फिल्म ‘आरसी १५’ मा कियाराले रामसँग अनस्क्रिन रोमान्स गर्न लागेकी हुन्। 

आउँदो सेप्टेम्बरको पहिलो हप्ताबाट फिल्मको छायांकन सुरु गर्ने तयारीमा रहेको निर्माण टिमको भनाइ छ। 

फिल्म ‘कबीर सिंह र गूड न्यूज’ जस्ता फिल्ममा अभिनय गरिसकेकी कियारालाई बलिउड मात्र नभई साउथ फिल्मबाट समेत अफर आइरहेको छ। 
 

प्रकाशित मिति: : 2021-07-05 15:25:00

प्रतिकृया दिनुहोस्