देउवाकाे घरमा चाेर पस्याे, तीन ताेल सुन र पैसा गायब

दसैँकाे टीका लगाउन आफन्तकोमा गएका बेला प्रधानमन्त्री शेरबहादुर देउवाका भाइ भरतबहादुर देउवाको घरमा चोरी भएको छ। धनगढी उपमहानगरपालिका-२ सन्तोशी टोलस्थित देउवाको घरमा शुक्रबार दिउँसो चाेरी भएकाे हाे।

प्रधानमन्त्री शेरबहादुर देउवाका सहोदर भाइ भरतबहादुरकाे परिवार टाेलका आफन्तको घरमा टीका लगाउन गएका बेला चाेर घरमा फसेर सुनका गरगहना र नगद चाेरी गरेकाे प्रहरीले जनाएकाे छ। 

करिब चार हजार नगदसहित तीन ताेला सुन र तीन ताेला चाँदी चाेरी भएकाे भरतबहादुरले बताएका छन्।

‘ढाेकामा ताल्चा मारेर दिउँसाे आफ्नतकाेमा टीका लगाउन गएका थियाैँ, चाेरले रड प्रयाेग गरी ताल्चा फाेरेर पैसा र सुन लगेछ।’ भरतबहादुरले भने।

घरमा चोरी भएको खबर पाउने बित्तिकै प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) विश्व अधिकारीले बताए।

प्रकाशित मिति: : 2021-10-15 16:36:00

प्रतिकृया दिनुहोस्