फेसबुकको नाम फेर्ने मार्क जुकरबर्गको तयारी

Facebook

सामाजिक सञ्जाल फेसबुकले आफ्नो नाम परिवर्तन गर्ने योजना बनाएको छ। कम्पनीले अर्को साता नयाँ नाम घोषणा गर्ने योजना बनाएको ‘द भर्ज’ले खुलासा गरेको हो।

फेसबुक नाम फेरेर ब्यापक रूपमा फैलिन चाहन्छ। यसअर्थमा पनि कम्पनीले छिट्टै नै आफ्नो नाम परिवर्तन गर्न सक्ने अधिकारीहरूले विश्वास व्यक्त गरेका छन्। 

कम्पनीका सीईओ मार्क जुकरबर्गले आउँदो वार्षिक सम्मेलनमार्फत् फेसबुकको नाम फेर्ने योजना बनाएका छन्। यद्यपि नयाँ नामका सन्दर्भमा भने त्योभन्दा अघि नै सर्वजनिक प्रतिक्रिया दिनेछन्।

उनले मेटाभर्स परियोजनालाई लक्षित गरी फेसबुको नाम फेर्न लागिपरेका हुन्। इन्टाग्राम, व्हाट्सएप, ओकुलस र फेसबुकलाई मेगा प्लेटफर्म रूपमा परिचित बनाउने योजनामा छन्।

फेसबुक टेक्नोलोजी कक्षका अनुसार जुकरबर्गले फेसबुकलाई मेटाभर्स कम्पनीको रूपमा परिवर्तन गर्न सक्ने संकेत गरेका थिए। जुन कुरा पछिल्लो चर्चाले पनि सहजै पुष्टि गर्छ। तर नयाँ नामबारे कुनै सुइँको छैन।

एकातर्फ सञ्चारमाध्यममा कम्पनीबारे अनेक टिका–टिप्पणी भइरहँदा फेसबुकले मौन छ। सञ्जालको बजारमा आएका विभिन्न हल्लाहरूको आफूले कुनै प्रतिक्रिया नदिने फेसबुक कक्षका अधिकारीहरूले बताएका छन्।

कम्पनीले पछिल्लोपल्ट अनेकौँ समस्याहरू झेल्दैआएको छ। कुनै–कुनै समय घण्टौ सेवा–बन्द हुँदा फेसबुकले अरबौं नोक्सानी सहेको छ।

कम्पनीका पूर्व कर्मचारीहरूले सामाजिक सञ्जाल फेसबुको भरोसा जनमासमा विस्तारै गुम्दै गएको गुनासो गरेका छन्।
 

प्रकाशित मिति: : 2021-10-21 10:16:00

प्रतिकृया दिनुहोस्