फिल्ममा ‘साइड रोल’ खेलेर चर्चित बनेका यी कलाकार ! 

बलिउडमा एकसेएक फिल्म हरेक वर्ष रिलिज हुने गर्छ। भनिन्छ, कि मूख्य अभिनेता र अभिनेतृकै कारण फिल्म चल्ने गर्छ। र उनीहरुलाई दर्शकहरुले याद राख्ने गर्छन्। तर केही यस्ता फिल्म पनि छन्।

जहाँ साइड रोल गर्ने अभिनेता र अभिनेतृ चर्चित भएका छन्। उनीहरुले फिल्ममा गरेको अभिनयका कारण चर्चामा आएका हुन्। जसको अभिनयले दर्शक फेन्स नै बने। उनीहरु फिल्म गरेबापत खूूब प्रशंसा समेत पाएका छन्। 

प्रियंका चोपड़ा जोनस 
बलिउडदेखि हलिउडसम्म नै आफूलाई चिनाउन सफल छिन्, प्रियंका चोपड़ा। उनले ‘बाजीराव मस्तानी’ मा साइड रोल गरेकी थिइन्। अर्थात् ‘काशीबाई’ को भूमिका निभाएकी थिइन्। जसका मूख्य अभिनेता र अभिनेतृ रणवीर सिंह र दीपिका पादुकोण थिए। तर प्रियंकाको अभिनयले चर्चा पायो। उनले फिल्ममा बोलेको डायलक अझै दर्शकले मन पराउने गर्छन्। 

Thesaxon.org

राजकुमार राव
बलिउडमा बिना गर्ड फाइदर भएका अभिनेता हुन्, राजकुमार राव। उनले हिट फिल्ममा अभिनय गरेर आफनो छुट्टै पहिचान बनाइसकेका छन्। फिल्म ‘बरेलीकी बर्फी’ मा उनी लिड रोलमा थिएनन्। तर उनको साइड रोलकै कारण उनी चर्चित भएका थिए। 

India tv

दिशा पाटनी 
फिल्म ‘एमएस धोनी’ बाट बलिउडमा प्रवेश गरेकी दिशा पाटनीको फिल्ममा थोरै अभिनय थियो। तर फिल्ममा गरेको अभिनयका कारण उनी चर्चामा आएकी थिइन्। उनले फिल्ममा गरेको अभिनयका कारण ‘आईफा बेस्ट डेब्यू अफ द ईयर’ को अवार्ड नै पाएकी थिइन्।

Pinterest

दीपक डोबरियाल
२०११ सालमा आएको फिल्म ‘तनु वेडस मनु’ मा साइड रोल थियो– दीपक डोबरियाल। फिल्ममा उनले बोलेको डायलकलाई दर्शकहरु अहिलेसम्म नै रुचाउने गरेका छन्। उनले फिल्ममा साथीको रोल निभाएका थिए, जसलाई अहिलेसम्म बिसिएका छैनन्। 

सिद्धांत चतुर्वेदी 
बलिउडमा अभिनेता बन्ने सपना बोकेका सिद्धांत चतुर्वेदी फिल्म ‘गली बोय’  मा साइड रोल गरेका थिए। उनले फिल्ममा गरेको अभिनयलाई दर्शकहरु अझै याद गर्ने गर्छन्। उनले फिल्ममा मूख्य अभिनय गरेका रणवीर सिंहले भन्दा पनि चर्चा पाएका थिए। 

Abp Live
 

प्रकाशित मिति: : 2021-12-20 19:12:00

प्रतिकृया दिनुहोस्