जब गोविन्दले यी अभिनेतृका लागि पत्नि सुनीतालाई छाडे...!

File photo
File photo

बलिउडका चिनेजानेका अभिनेता हुन्–गोविन्दा। उनी ८० दशकका नाम चलेका अभिनेता हुन्। ‘आखेँ, ताकतवर र स्वर्ग’ जस्ता फिल्म खेलेर उनी सुपरहिट हिरो बने। अनि करोडौँ दर्शकहरुलाई आफ्नो ‘फेन्स’ बनाए। इन्डस्ट्रीका सबैभन्दा सोजा अभिनेता भनेर चिनिने उनले ४ दशकदेखि बलिउडमा काम गरिहेका छन्। जब उनी इन्डस्ट्रीमा नयाँ थिए, तब उनको नाम निलम कोठारी र रानी मुखर्जीसँग जोडिएको थियो। खबरका अनुसार उनले ती अभिनेतृका लागि आफ्नी पत्नि सुनीतालाई समेत धोका दिएका थिए। 

नीलम कोठारी
बलिउडमा प्रवेश गरेसँगै उनको वजोडी बनेको थियो–नीलम कोठारीसँग। उनीहरुको जोडीले बक्स अफिसमा एकसेएक हिट फिल्म दियो। फिल्ममा अभिनय गरेसँगै उनीहरुबीच प्रेम बसेको थियो। उनीहरुले ८० र ९० को दशकमा १० फिल्म गरेका थिए। गोविन्दालाई नीलमसँग समय बिताउन खूब मन हुन्थ्यो। बलिउडमा आउनअघि नै गोविन्दाले सुनीतासँग विवाह गरिसकेका थिए। नीलमसँग साथ रहनका लागि उनले सुनीतासँग समेत छुट्टीएका थिए। तर जब नीलमले फिल्मबाट बे्रक लिइन्। तब गोविन्दा आफ्नै पत्निसँग बस्न थाले। 

Navbharattimes

रानी मुखर्जी
नीलम कोठारीसँग ब्रेकअप भएपछि गोविन्दाको नाम रानी मुखर्जीसँग जोडियो। एकसाथ फिल्म खेलेकै कारण उनीहरुबीच नजिक बढेको हो। रानीसँग गोविन्दाको नाम जोडिएपछि सुनीताले झगडासमेत गरेकी थिइन्। जब पत्निले गाली गर्न थाले तब गोविन्दा रानीबाट टाढा हुन थाले। रानीसँग टाढिदै गएपछि गोविन्दा श्रीमतीसँग नजिकिन थाले। 

The bridalbox.com


 

प्रकाशित मिति: : 2021-12-21 18:15:00

प्रतिकृया दिनुहोस्