उपचार खर्च जुटाउन नसक्दा अस्पतालमै अलपत्र

तेजन खड्का

काठमाडौं
फाइल तस्वीर
फाइल तस्वीर

धान बोक्न जाँदा खुट्टामा कुन्नी के–को छेस्को पस्यो थाहाँ भएन। बिस्तारै त्यो घाउ रातो भयो। एकदिन दुईदिन गर्दै त्यो घाउ पाक्न थाल्यो। 

सानो छेस्को पसेर सुरु भएको त्यो घाउले यति ठूलो आकार लिन्छ भन्ने अनिता तामाङले कल्पनासम्म गरिनन्। यहि छेस्को कै कारण उनले खुट्टाका चारवटा औला गुमाइसकिन्। तै पनि सुख छैन। डाक्टरले ११ पटक त अप्रशेन नै गरिसके। निकाे हुने लक्षण छैन।

उनले औला त गुमाइन्। अस्पतालको उपचार खर्चको पैसा जुटाउन नसकेर अर्को सकस बेहोर्दैछिन, अनिता। अस्पतालको ३ लाख तिर्न बाँकी नै छ। त्यसैले उनकाे घर जाने मन हुँदाहुँदै पनि अस्पतालमै राेकिन बाध्य छिन्।

नुवाकोट ककनी–५ कि अनिताको ११ चोटि खुट्टाको अपरेशनपछि उठेको अस्तालको बिल तिर्न नसकेपछि सुषमा कोईराला मेमोरियल अस्पताल साँखुवाट घर जान सकेकी छैनन्। ११ पटकसम्म खुट्टाकै अप्रेशन भयाे भन्दा कतिले पत्याउन पनि छाडिसके। पत्याउने दिनसम्म उनले आर्थिक सहयोग मागिन्।

‘अब त ऋणपान पनि कसैले दिदैंनन्, चानचुन फार्मेसी र क्यान्टिन गरि साढे तीन लाख तिर्न बाँकी छ। यो सबै चुक्ता नगरि घर जान मिल्दैन। अनिताको सम्झ्यो भने त्यसै मन भक्कानिन थाल्छ, आजकल। सुख दुःखमा साथ दिने बाचा खाएर सात फेरा लगाएका श्रीमानले पनि यो दुःखमा साथ दिएनन्। बरु आफन्तीले सहयोगका लागि उठाएको रकम पोको पारेर श्रीमान भागे। भाग्यले नी गरिवलाइ ठग्ने रहेछ,' अनिता मलिन अनुहार लगाउँदै अगाडि भन्छिन्, 'पैसा तिरेर घर जानु भनेको छ अस्पतालले। ड्रेसिङ गर्न मात्र आउनु भनेको छ। घर जानलाई पैसा कसरी तिर्नेहोला,  सम्झेरै श्वास रोकिन खोज्छ।'


अनिताको अनुसार अचेल फार्मेसी र क्यान्टिनले पनि उधारो सामान दिन मुख बिर्गान थालेका छन्।

अस्पतालमा उनकाे हेरचाहका लागि ८ वर्षे छोरा कुरिरहेका छन्। सहयोग कतैवाट जुट्छ कि भनेर छोडेर हिँडेका श्रीमानलाई अनिताले फोन गर्न लगाइन्, छोरालाई। तर श्रीमानले उल्टै अपशब्द बोलेर फोन राखिदिए।

अचेल अनिता र छोरा अनिसको दैनिकी रोएर दिन कटाएरै बितिरहेकाे छ। श्रीमानले उपचारका लागी भनेर सासु–ससुरा र नन्दले दिएको ५० हजार खाएर भागे। उनले अगाडि भनिन्– ‘सर कोहि त होलान नी सहयोग गर्नेहरु। भन्दिनुस न है। म यो गुन कहिल्यै बिर्सनै छैन्।' अस्पतालमा आफ्नो दाईको उपचार गर्न गएका मन्जिल राई भन्छन्,यो दिदिलाई कत्ति पीडा छ। खर्च छैन्। सबैले सकेको सहयोग गरिदिनुहोला।


अनितालाई सहयोग गर्न इच्छा भए यो फोन– ९८६१००४१९४ मा सम्पर्क गर्नुहोला।


 

प्रकाशित मिति: : 2021-12-24 06:52:00

प्रतिकृया दिनुहोस्