'हारबहादुर' बनेका माओवादी पूर्वलडाकु जितबहादुर

शिलापत्र

काठमाडौँ

‘मेरो नाम जितबहादुर घिसिङ हाे। तर यतिबेला हारबहादुर भएकाे छु।’

छिर्केमिर्के सर्टमाथि खैरो इस्टकोट लगाएका अधबैँसे उमेरका कृषकले यस्ताे भनेपछि उनीतिर सबैकाे ध्यान खिचियाे। तेज निख्रिएझैँ लाग्ने उनको अनुहारबाट परिचय दिने क्रममा अनौठो उद्गार निस्किएको थियो, नाम जितबहादुर तर अहिलेचाहिँ हारबहादुर। अनाैठाे परिचय सुनेर त्यो भिडमा हाँसो मच्चियाे, तर लय बेगरकाे।

पिठ्युँमा बोेकेको पुरानो झोला भुइँमा अड्याउँदै उनी थप प्रस्ट्याउनतर्फ लागे, ‘यसपालि ३७ रोपनी जग्गा लीजमा लिएर 'टनेल' उठाएको थिएँ। ३१ लाख रुपैयाँभन्दा बढी खर्च गरेर गोलभेँडा खेती गरेँ । तर, बेच्ने बेला भाउ स्वाट्टै घट्यो । म ऋणमा डुबेँ।’ 

प्रकाशित मिति: : 2021-12-29 12:20:00

प्रतिकृया दिनुहोस्