काठमाडौं उपत्यकाभित्र माटो र बालुवा उत्खननमा रोक लगाउन माओवादीको माग

File Photo
File Photo

नेकपा माओवादी केन्द्रले काठमाडौं उपत्यकाभित्रको माटो, बालुवा उत्खननमा रोक लगाउनुपर्ने माग गरेको छ।

काठमाडौंमा हालै सम्पन्न आठौं महाधिवेशनबाट पारित समसमायिक प्रस्ताव पारित गर्दै चुरे विनाशप्रति सतर्क रहनुपर्ने भन्दै काठमाडौं उपत्यकाभित्र उत्खनन र प्रशोधन दुवै गर्न नदिनका लागि जोड दिएको हो।

‘चुरे विनास एवं बालुवा, ढुंगागिटीको चरम दोहनले पानीको सतह सयौं फिट तल जाने, डुबान र कटानले धनजनको क्षति हुने, साथै मधेशको मरूभूमिकरणको कारक चुरे दोहनको प्रक्रिया रोक्न तथा नदी प्रणाली र काठमाण्डौं उपत्यकाभित्र रहेको माटो, बालुवा उत्खनन तथा प्रशोधन तत्काल बन्द गर्न प्रभावकारी कदम चाल्न यो महाधिवेशन आग्रह गर्दछ’ पारित प्रस्तावमा भनिएको छ।

प्रकाशित मिति: : 2022-01-04 12:47:00

प्रतिकृया दिनुहोस्