सनीराज शाक्य
एकै परिवारका तीन जनाको हत्या र एककाे आत्महत्यापछि काठमाडौँको नागार्जुन नगरपालिका-६ सितापाइलास्थित भैरबटोल शाेकमग्न बनेकाे छ।
बुधबार बिहान सोलखुम्बुको दूधकुण्ड घर भई सितापाइलाकाे भैरबटोलमा बस्दै आएकी ३८ वर्षीया प्रेमकुमारी श्रेष्ठ, उनकी ८ वर्षीया छोरी अनिशा श्रेष्ठ र २ वर्षकी नातिनी शिवानी श्रेष्ठको हत्या भएको हाे।
प्रेमकुमारीका श्रीमान राजु घिमिरे भनिने काजी विकले तीनै जनाकाे हत्या गरेकाे प्रहरीको प्रारम्भिक अनुसन्धान छ। प्रहरीका अनुसार उनले श्रीमती, छाेरी र नातिनीकाे हत्यापछि आत्महत्या गरेका छन्।
बिहान साढे ९ बजेपछि कोठाभित्र शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। त्यसको केही समयपछि राजु पनि घरभन्दा केही परको जङ्गलमा झुण्डिएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी घटनास्थलमा पुग्दा उनको मृत्यु भइसकेको थियो।












बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया