खेसारीलाल मदानी महोत्सवमा भाग लिन रौतहट आउँदै

File Photo
File Photo

भोजपुरी फिल्मका सुपरस्टार खेसारीलाल यादव रौतहट आउने भएका छन्। मौलापुर नगरपालिकाले बर्सेनि आयोजना गर्दै आएको मदानी महोत्सवमा भाग लिनका लागि गायकसमेत रहेका अभिनेता यादव रौतहट आउन लागेका हुन्।

‘१७ फागुनमा खेसरीलाल मौलापुरमा आउने तय भएको छ,’ नेकपा एमाले जिल्ला कमिटी सदस्य निवेश यादवले भने। उनका अनुसार सो बारेमा आयोजक र अभिनेता बीच समझदारी भइसकेको छ।

केही दिनअघि सुनसरीमा आयोजना भएको एक कार्यक्रममा आउने क्रममा भएको झडपमा उनको गाडी तोडफोड भएको थियो।

प्रकाशित मिति: : 2022-01-20 13:32:00

प्रतिकृया दिनुहोस्