बलिउडका दश धनी नायिका कसको सम्पति कति? 

agency
agency

सम्पत्तिलाई सामाजिक प्रतिष्ठा, सम्मान र शक्तिसँग जोडेर हेरिन्छ। जोसँग धेरै धन, सम्पत्ति छ समाजमा ऊ नै धेरै सुखी, प्रतिष्ठित र शक्तिशाली हुने गर्दछ। यस्तौ बलिउडका नायिकाहरु एउटै फिल्मबाट करोडौं कमाउँछन्। फिल्मका कमाई बाहेक उनीहरुले अन्य स्रोतबाट पनि आम्दानी गर्छन्। यही कारण उनीहरुको आम्दानी धेरै हुन्छ। 

बलिउडका १० धनी नायिका र उनीहरुको सम्पतिः
१.ऐश्वर्या राय बच्चन

सुन्दरताको लागि संसारमा चिनिएकी ऐश्वर्या बलिउडकी सबैभन्दा धनी हिरोइनमा गनिन्छिन्। एक रिपोर्टका अनुसार ऐश्वर्या ३५ मिलियन डलरको मालिक्नी छन। आज पनि ठूला घरानाका निर्देशक उनीसँग फिल्म गर्न चाहिरहेका छन्। 

२.माधुरी दीक्षित 
९० को दशकमा बलिउडमा राज गर्ने नायिका माधुरी दीक्षित पनि ३५ मिलियन डलरको धनी छिन्। माधुरी आज पनि एउटा फिल्मको ४ करोड लिन्छिन्।

३.अमिषा पटेल

फिल्म ‘कहो ना प्यार है’ बाट आफनो फिल्मि करियर सुरु गरेकी बलिउड अभिनेत्री अमिषा ३० मिलियन डलरको धनी छिन् । १ सय २५ फिल्ममा काम गरिसकेकी अमिषाको आफ्नै फिल्म निर्माण कम्पनी  रहेको छ।

४.प्रिति जिन्टा
प्रिति जिन्टा पनि पैसाको मामलामा कोही भन्दा कम छैनन्। उनको सम्पति ३० मिलयन डलर को नजिक भएको एक रिपोर्टमा जनाएको छ। प्रिति आजभोलि फिल्मबाट टाढा नै छन तर पनि पैसाको मामलामा कम छैनन्। अभिनयको अलावा प्रिति पंजाव किंग्स एलेभेन को धनी पनि हुन्।

५.दीपिका पादुकोन
बलिउडमा सबैभन्दा धेरै पारिश्रमिक लिने नायिका दीपिका पादुकोण बलिउडकै टप नायिकामा पर्छिन्। २००७ देखि ‘ओम शन्ति ओम’बाट करियर सुरु गरेकी दीपिकासँग २० मिलयिन डलर सम्पत्ति रहेको छ।

६.अमृता राव

बलिउड अभिनेत्री अमृता रावले धेरै फिल्म भने खेलेकी छैनन्। तर पनि सम्पत्ति भने कोही भन्दा कम छैन। उनीसँग २० मिलियन डलर सम्पत्ति रहेको एक रिपोर्टले देखाएको छ।

७.काजोल
बलिउडमा सबैभन्दा धेरै पारिश्रमिक लिने नायिका मध्ये एक काजोल  पनि एक हुन्। उनी फिल्ममा भने कम नै आउने गरेकी छिन्। तर सम्पत्तिको मामलामा भने धेरै नै अगाडि छन । काजोलसँग १८ मिलियन डलर सम्पति रहेका छन्।

८.करिश्मा कपूर
बलिउडड नायिका करिश्माले धेरै वर्षदेखि फिल्म खेलेकी छैनन्।तर पनि सम्पतिको मामलामा धनी छिन्। उनीसँग १२ मिलयन डलर सम्पति रहेको बताइएको छ।

९.मल्लिका शेरावत

मल्लिका बलिउडकी हट नायिका मध्येकी एक नायिका हुन्। मल्लिका शेरावतसँग १० मिलियन डलर सम्पत्ति छ। आजभोलि भने उनी फिल्ममा भने फाट्टफुट्ट मात्र देखिने गरेकी छिन्।

१०.प्रियंका चोपडा
बलिउड देखि हलिउडसम्म आफ्नो अभिनयको छाप छोड्ने अभिनेत्री प्रियंका चोपडा महङगोे अभिनेत्री मध्येकी  एक हुन्। उनीसँग ८ मिलियन डलरकी सम्पति रहेको छ। प्रियंका फिलमको अलावा विज्ञापनमा धेरै देखिन्छिन्।

 

 

प्रकाशित मिति: : 2022-02-04 13:42:00

प्रतिकृया दिनुहोस्