पोखरामा पक्राउ परे अनौठा चोर : युएनको इन्जिनियरदेखि राष्ट्र बैंकको कर्मचारीसम्म 

Breaknlinks
Breaknlinks

नाम : दिनेश सिंह

ठेगाना : साविक तोलेनी ३ डोटी हाल सायल गाउँपालिका २ डोटी 

नागरिकता प्रमाणपत्र नम्बर : ६८१०२३-१५५२

ठगी गर्नका लागि उनले प्रयोग गरेका नाम : मनोज मल्ल, निर्माण मल्ल, दिवेश सिंह, संगम सिंह।

रजिष्ट्रेशन प्रयोजनका लागि पेश गर्ने कागजात : बिनोद विक, कृष्णप्रसाद जोशी, रिमाल रावत।

ठगी गर्ने प्रयोजनका लागि भन्ने गरेको पेशा : युएनको इन्जिनियर, राष्ट्र बैंकको कर्मचारीसम्म।

ठगका ठग्ने तरिका अनेक हुन्छन्। मंगलबार यस्तै अनौठो खाले ठग जिल्ला प्रहरी कार्यालय कास्कीले सार्वजनिक गरेको छ।

नाम परिवर्तन गर्दै देशभरका ट्याक्सी चालकलाई ठगी गरेको अभियोगमा प्रहरीले डोटीका दिनेश सिंहलाई प्रक्राउ गरि सार्वजनिक गरेको छ।

अभियुक्त सिंहलाई मंगलबार सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुन्दर तिवारीले बुटवलबाट उनलाई नियन्त्रणमा लिएको जानकारी दिए।

कास्कीका ५ जना लाई १९ लाख र देशभरबाट ७० लाख रुपैयाँ हाराहारीमा ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले जानकारी दिए। ‘ठगी गर्ने उसको शैली पनि अलि फरक छ। पीडितको नामबाट सिमकार्ड झिक्न लगाएर कुराकानी गरेको छ। नाम फेरेर ठगी गरेको छ,’ उनले भने।

२६ वर्षीय सिंहले आफू युएनको कर्मचारी रहेको र ट्याक्सी चालकलाई युएनमा ४८ हजार ९ सय २८ रुपैयाँ तलब मिलाइदिन्छु भन्दै ठगी गर्ने गरेको डिएसपी तिवारीले बताए।
युएनमा काम गर्नका लागि २० लाख रुपैयाँ लाग्छ भन्दै पीडितबाट रकम उठाएर फरार हुने गरेको उनले सुनाए।

ट्याक्सी चालककै नामबाट होटल बुक गर्ने गरेकाले पनि उनलाई समाउन समय लागेको उनले बताए। देशभरबाट सिंहविरुद्ध १५ बढी उजुरी रहेको उनले बताए। सिंहविरुद्ध थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।

प्रकाशित मिति: : 2022-02-15 19:00:00

प्रतिकृया दिनुहोस्