विश्व शान्ति खल्बलिने भएपछि युक्रेनको पक्ष लिएका हौं : परराष्ट्रमन्त्री खड्का

File Photo
File Photo

परराष्ट्रमन्त्री डा. नारायण खड्काले युक्रेनमाथि रुसले आक्रमण गर्दा विश्व शान्ति खल्बलिने सम्भावना बढेकोले नेपाल युक्रेनको पक्षमा उभिनु परेको स्पष्ट पारेका छन्।

सोमबार मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले रुसले सार्वभौम तथा स्वतन्त्र राष्ट्रमाथि हस्तक्षेप गरेको आरोप समेत लगाए।

‘विश्व शान्ति खल्बलाउने, ठूला र साना देशको सम्बन्धलाई खल्बलाउने भएको कारण युक्रेनको पक्षमा उभिएका हौं,’ उनले भने।

रुसले फेब्रुअरी २४ का दिन युक्रेनमाथि सैन्य आक्रमण सुरु गरेको थियो। परराष्ट्र मन्त्रालयले सोही दिन विज्ञप्ति निकालेर रुसलाई राष्ट्रसंघको बडापत्रको सम्मान गर्न भनेको थियो।

‘हरेक सार्वभौम र स्वतन्त्र राष्ट्रको सार्वभौतिकता र स्वधिनताको सम्मान गर्नुपर्छ। कुनै ठूला देशले साना देशको सार्वभौमिकतामा हस्तक्षेत्र गर्न हुँदैन भनेर जोडदार आवाज उठाएका छौं,’ परराष्ट्रमन्त्री डा. खड्काले भने।

असंलग्न नीतिकै आधरमा नेपालले युक्रेनको पक्ष लिएको उनले बताए। सहअस्तित्व असंलग्न परराष्ट्र नीतिको आधार भएको उनले जनाए। 

प्रकाशित मिति: : 2022-03-07 17:35:00

प्रतिकृया दिनुहोस्