नेपालमा प्रचण्डबाहेक कसलाई देख्याछन् र…!

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टी नेपाल फुटाउन आफ्नो भूमिका अस्विकार गरेका छन्। सत्ता गठबन्धनमै रहेको जनता समाजवादी नेपाल (जसपा)का केही सांसद तथा नेताहरूले आइतबारमात्रै निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गरेका थिए। 

जसपाको विभाजनमा प्रधानमन्त्री प्रचण्ड र प्रमुख सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भूमिका रहेको टिप्पणीहरू भइरहेका बेला प्रचण्डले भने त्यो आरोपलाई अस्वीकार गरेका हुन्। 

सभामुखले बोलाएको बैठकबाट बाहिरिँदै गर्दा पत्रकारहरूले उनलाई ‘जसपा तपाईंले फुटाएको भन्छन् नि?’ भनेर सोधेका थिए। 

फाटाफट हिँडिरहेका प्रचण्डले अलिपर पुगेपछि एकैछिन रोकिंदै जवाफ दिए ‘नेपालमा प्रचण्डबाहेक अरु कसलाई देखेका छन् र?

पत्रकारले फेरि उनलाई ‘यसमा तपाईंको भूमिका छैन…?’ भनेर सोधेका थिए त्यसपछि तर्किंदै हिँडिरहेका प्रचण्डले अलि टाढैबाट भने ‘…छैन…।’  

मंगलबार सभामुखले बोलाएको छलफलबाट बाहिरिने क्रममा सञ्चारकर्मीले दाहाललाई जसपा तपाईंले फुटाएको भन्छन् नि भन्दै प्रश्न गरेका थिए।

प्रकाशित मिति: : 2024-05-07 14:49:00

प्रतिकृया दिनुहोस्