पल शाह प्रकरण: शर्मिला वाइबा पक्राउ

पल शाह प्रकरणमा अरुको चरित्रहत्या गरेको आरोपमा आफूलाई सामाजिक अभियन्ता भन्न रूचाउने शर्मिला मल्ल पक्राउ परेकी छिन्। अरुको चरित्रहत्या गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो।

उनलाई नेपाल प्रहरीको साइबर ब्यूरोको टोलीले शुक्रबार चितवनबाट पक्राउ गरेको स्रोतले जनाएको छ।

बलात्कारको आरोपमा पक्राउ परेका अभिनेता शाहको विषयमा बोल्दा अभिनेत्री रेखा थापाको चरित्रहत्या गरेको भन्दै उनीसहित दुई युट्युबरविरुद्ध साइबर ब्यूरोमा उजुरी परेको थियो।

आज (शुक्रवार) पक्राउ परेकी उनलाई थप अनुसन्धानको लागि काठमाडौं लैजाने तयारी थालिएको स्रोतले जनाएको छ।

प्रकाशित मिति: : 2022-03-18 22:57:00

प्रतिकृया दिनुहोस्