जसको नाम अक्षय कुमारसँग जोडियो 

File photo
File photo

बलिउडमा नाम चलेका अभिनेता हुन्–अक्षय कुमार। जसले १९९१ मा बलिउड डेब्यू गरे।  

इन्डस्ट्रीमा भित्रिएका उनको पहिलो फिल्म थियो, सौगन्ध। पहिलो फिल्मबाट त्यति चर्चामा नआएका उनको १९९२ मा खेलेको फिल्म ‘खिलाडी’ बाट बलिउडमा नाम चम्किन थाल्यो। 

उनको लागि १९९२ राम्रो वर्ष साबित भएपनि १९९३ भने नराम्रो वर्ष साबित भयो। उनले गरेका फिल्म ‘फ्लप’ हुन भए। 

तर फेरि १९९४ वर्षमा उनले ‘तु खिलाडी मे अनाडी’ फिल्म गरे। जसबाट उनी एकाएक चर्चामा आए। सोही फिल्मबाट बलिउडमा चम्किएका उनले सफलता हासिल गर्न थाले। जसकारण उनी बलिउडमा चर्चित भए। 

बलिउडमा आफ्नो दमदार अभिनयबाट चर्चा कमाएका उनको धेरै अभिनेत्रीहरुसँग नाम जोडिएको छ। त्यसैले चर्चा गरौँ, बलिउडका खेलाडी अक्षयसँग नाम जोडिएका अभिनेत्रीबारे। 

पूजा बत्रा

अक्षय कुमारका गर्लफेण्डको लिस्टमा सबैभन्दा पहिलो नाम हो, पूजा बत्रा। त्यो समय अक्षय बलिउडमा नयाँ थिए भने पूजा मोडलिङ गर्थिन्। त्यो समय पूजा एक चर्चित मोडल थिइन्।  पूजाको कारण अक्षय कुमार ठूल्ठूलो पार्टीमा जाने गथे। तर काम पाउनासाथ उनले पूजालाई छोडेर आफ्नो सबै ध्यान काममा लगाउन थाले। उनीहरुको सम्बन्धमा पूजा निकै गम्भीर थिइन् भने अक्षय भने उसलाई वास्ता गरेनन्। र केअी समयपछि नै उनीहरुको बिछोड भयो। 

आयशा जुल्का

आयशा ९० को दशकमा बलिउडकी चर्चित अभिनेत्री थिइन्। उनीहरु फिल्मका कारण एकअर्काको नजिक आएका थिए। रिर्पोटको अनुसार अक्षयलाई लिएर आयशा सिरियस थिइन्। तर त्यो समय अक्षयको फिल्म कसरउर राम्रो भएको कारण उनी कुनै पनि सम्बन्धमा रहन चाहेनन्। जसकारण उनीहरु अलगिए।

रवीना टन्डन

बलिउडकी चर्चित अभिनेत्री रवीना र अक्षय एक समय प्रेम सम्बन्धमा थिए। रिर्पोटमा अनुसार उनीहरुको ‘इङगेजमेन्ट’ पनि भइसकेको थियो। २००९मा रवीनाले एक इन्टरव्यूमा भनेकी थिइन्, आफ्नो ‘इङगेजमेन्ट’ को कुरा। तर अक्षयको कारण उनीहरुबीचको सम्बन्ध टुट्यो। 

शिल्पा शेट्टी

कुनै समय शिल्पा शेट्टी र अक्षउ कुमारबीच अफेयर थियो। जुन कुराले सधैँ चर्चा पाइरहन्थ्यो। रिर्पोटका अनुसार अक्षय हिल्पा र ट्वीकलसँग एकै समयमा सँबन्धमा थिए। अक्षय र हिल्पाको फिल्म ‘धड्कन’ उनीहरुको बिछोडपछि रिलिज भएको थियो। अक्षयले हिल्पासँग डेटिङ गरे र ट्वीकलसँग विवाअ गरे। अक्षयले दिएको धोका कारण हिल्पा डिप्रेशनमा गइन्। र उनले अक्षयको विरुद्ध मीडियामा बयान दिइन्। जसकारण शिल्पा र ट्वीकलको मित्रता टुट्यो। 

ट्वीकल खन्ना

अक्षय र ट्वीकलको पहिलो भेट एक फिल्मको समय भएको थियो। उही समयले अक्षयले ट्वीकललाई मन पराउन थालेका थिए। फिल्म ‘इन्टरनेशनल खिलाडी’ बाट उनीहरुको चर्चा बढ्दै गयो। र २००१ मा उनीहरुले विवाह गरे। रिर्पोटका अनुसार अक्षय ट्वीकलसँग विवाअ गर्न चाहेका थिएनन् तर ट्वीकलकी आमा डिम्पल कपाडियाले उनीहरुको विवाअ गराइन्। 

प्रियंका चोपडा

प्रियंका चोपडा पनि अक्षय कुमारको प्रेमीकाको लिस्टमा छन्। ट्वीकल खन्नासँग विवाह गरेका अक्षयको अफेर प्रियंकासँग पनि रह्यो। फिल्म ‘अन्दाज’ को शूटिङ गर्दा उनीहरु नजिकिएका थिए। जुन कुरा ट्वीकलले थाहा पाइन्। ट्वीकल र अक्षयबीच मनमुटाव हुन थाल्यार जसकारण उनी प्रियंकासँग टाढिन थाले। आफ्नो श्रीमान अक्षय र प्रियंकाबीचको कुरा थाहा पाएकी ट्वीकलले अक्षयलाई प्रियंकासँग फिल्म नखेल्न बताइन्। जसकारण उनीहरुको अन्तिम फिल्म नै ‘अन्दाज’ बन्यो। 

प्रकाशित मिति: : 2022-06-08 14:50:00

प्रतिकृया दिनुहोस्