रोल्पा र रुकुममा भूम्या पर्व मनाइँदै

Breaknlinks
Breaknlinks

रोल्पा र रुकुममा मगर समुदायले मनाउने भूम्या पर्व आज मनाइँदै छ।

विशेषगरी मगर समुदायले मनाउने यो पर्व रोल्पाको थबाङ, सुनछहरी गाउँपालिका र रुकुमका विभिन्न गाउँहरुमा धुमधामका साथ मनाउने गरिन्छ।

यो पर्वमा विशेषगरी जमिनको पुजा गरिन्छ। वर्षेनी प्राकृतिक प्रकोपबाट धनजनको क्षति हुनु भनेको भूमि देवता रिसाएर भएको हो भन्ने मान्यताका साथ भूमिको पुजा गर्ने हो भने भूमि देवता खुसी भएर प्राकृतिक विपत्ति बेहोर्न नपर्ने विश्वासकासाथ यो पर्वको सुरुवात गरिएको हो।

यो पर्वमा युवा युवती, बुढाबुढी हजारौं व्यक्तिहरु एकैचोटी नाच्न सकिने नोको बाङ्गे नाचको पनि आयोजना गरिने भएपनि यस वर्ष कोरोना महामारीका कारण कुनै औपचारिक कार्यक्रम राखिएको छैन।

वसन्त ऋतुमा विवाह गर्ने जोडीको दाम्पत्य जीवन सधैं सुखी हुने धार्मिक संस्कारलाई कायम राख्न यो पर्वको सुरुवात गरिएको मगर अगुवाहरुको भनाई छ। भूम्या पर्वको अवसरमा लुम्बिनी प्रदेश सरकारले आज सार्वजनिक विदा दिएको छ।

प्रकाशित मिति: : 2022-06-15 11:43:00

प्रतिकृया दिनुहोस्