देशलाई आत्मनिर्भर बनाउन उत्तर कोरियाले के-के गर्यो ?

BreaknLinks
BreaknLinks

उत्तर कोरियाको नाम आउनेबित्तिकै हाम्रो मानसपटलमा दक्षिण कोरियासँगको तुलनामा गरिब, भोकमरी तथा एउटा लडाकु देशको दृश्य आउँछ। कुनै समयमा भोकमरी तथा अनिकालले लाखौँ मानिस गुमाएको देश जसले आजको समयमा विश्वका शक्तिशाली राष्ट्र अमेरिकालाई थर्काउने हिम्मत राख्दछ।

उत्तर कोरियाको यो हिम्मत यसै विकास भएको भने पक्कै होइन। जसले आफ्नो आत्मनिर्भरताको लागि निकै संघर्ष गरेको छ र सफलता हासिल गरेको छ। कोरियाको यस आत्मनिर्भरताको संघर्षलाई सार्थक बनाउन सन् १९९० पछिका तीन घटनाहरुले महत्वपूर्ण भूमिका खेलेको छ।
जसमध्येको पहिलो घटना हो, सन् १९९१ मा भएको सोभियत संघको विघटन। जब १९९१ मा १३ राष्ट्रको संघ सोभियत संघको विघटन भयो, त्यसको प्रत्येक्ष प्रभाव उत्तर कोरियाली अर्थतन्त्रमा पर्न गयो।

सोभियतको विघटनले कोरियाको ८० प्रतिशत वैदेशिक व्यापार बन्द भयो। वैदेशिक व्यापार बन्द भएकै कारण देशमा पट्रोलियम पदार्थको कमी हुँदै गयो। एकातिर देशमा पेट्रोलियम पदार्थको मात्रा कमी हुँदै थियो भने अर्कोतिर सन् १९९४ मा कोरियाका संस्थापक नेता किम इल सुनको निधन भयो। 

देशका सारा जनताले भगवान सरह मानेका नेताको मृत्युले कोरियामा अर्को घटना घट्यो। देशको आर्थिक अवस्था झन् खस्कँदै जान थाल्यो। त्यतिमात्र हैन शताब्दीमा नै एकचोटी पर्ने पानी उत्तर कोरियामा पर्यो। सन् १९९५ र १९९७ मा परेको पानीले कोरियाको भौतिक, आर्थिक, प्राकृतिक तथा विकास निर्माणका सबै क्षेत्र तहसनहस भयो।

दुई वर्षको अन्तरालमा परेको पानीले उत्तरको सबै खोतीयोग्य जमिन मरुभूमि बन्यो। भएका कोइलाखानी पानीले भरिए। एक किसिमले उत्तरले आफ्नो सबै थोक गुमायो।

उत्तर कोरियाको भौगाेलिक अवस्था तथा प्राकृतिक विपत्तीका बाबजुद कोरियाले आत्मनिर्भर हुन कुनै कसर छाडेन। कोरियाली जनताको अघि केबल दुई मात्र विकल्प रहे- कि गर, कि मर! 
उनीहरुलाई के आत्मविश्वास थियो भने मेहनत गर्नेको कदापि हार हुने छैन। त्यसकारण उनीहरु मेहनत गरिरहे।

सर्वप्रथम बाढीले पहाडमा जमाएका पानीलाई एकीकृत गर्न ठाउँ-ठाउँमा पानी संकलन गर्ने ड्याम तथा तालको निर्माण गरे र  त्यसै ड्याममा जम्मा भएका पानीलाई कुलो तथा नहर बनाएर समथर ठाउँमा पुर्याइ खोतीको सुरुवात गर्न थाले। उत्तरले लगातार पन्ध्र वर्ष लगाएर पहाडमा जम्मा भएका पानीलाई निस्कास गरी खाद्यन्नमा आत्मानिर्भर बन्दै गयो।
उत्तर कोरिया पहिलोको लयमा फर्कँदै थियो, आफ्नै मेहनतले खाद्यन्न तथा विकासका काममा छलाङ मार्दै थियो। तर सुरक्षाको मामिलामा भने केही कमी रहेकाे थियो। जसको लागि उत्तरले सन् १९९४ मा अमेरिकासँग आणविक मामिलासम्बन्धी सम्झाैता गरेको थियो। तर उक्त सम्झाैताले कुनै गति लिन भने सकेन।

अमेरिकासँगको सम्झौताले गति लिन नसक्ने थाहा पाएपछि उत्तर कोरियाली सरकारले आफ्नो सुरक्षा निकाय बलियो बनाउन सबैले सेनाको तालिमा लिनुपर्ने प्रावधान बनायो। उत्तरले २० वर्षमा नै नसोचेको प्रगति गर्दै अमेरिकासँगको सम्झौताका बाबजुद मिसाइल तथा हातहतियार निर्माणमा आफ्नो सक्रियाता बढाउँदै गयो।
यता अमेरिकालाई भने उत्तरको याे सक्रियाता मन परेको थिएन। दुनियाँलाई मुठ्ठीमा कसेर संसार जित्न हिँड्को अमेरिकालाई आर्थिक संकटबाट जुधिरहेको उत्तर कोरियाले टक्कर दिनेसम्म बनिसकेको थियो।

यसरी उत्तर कोरियाले विभिन्न समस्यासंग जुध्दै आफ्नो स्थिति प्राप्त गर्न बीस वर्ष लगातार परिश्रम गरिरह्यो। जसकारण उत्तर कोरिया हाल आएर एक शक्तिशाली राष्ट्रकाे रुपमा खडा भएको छ। (एजेन्सीकाे सहयाेगमा)

प्रकाशित मिति: : 2022-09-01 11:29:00

प्रतिकृया दिनुहोस्